धनकुटा- पोल्टी फार्मले फालेको लेदोमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ।
शनिबार धनकुटा नगरपालिका-१० पात्लेमा रहेको पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको हो।
धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीका अुनसार मृत्यु हुनेमा धनकुटा नगरापालिका-१० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा ९ का १६ वर्षीय दीपेश खतिवडा छन्।
उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको थप विवरण आउन बाँकी छ।


