काठमाडौँ- हरियो ज्याकेट लगाएर मान्छेहरु खोलामै भरिएका छन्।
एक टोली सेतोपुलदेखि अनामनगरतर्फ अघि बढिरहेको छ भने अर्को टोली अनामनगरदेखि सेतोपुलतर्फ अघि बढिरहेको छ।
गत चैत १८ गतेदेखि धोवीखोला (रुद्रमती) र बागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको थियो। श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ गरिहरेका छन्।
सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म भइरहेको छ। पहिलो चरण अन्तर्गत खोलाको फोहोर उठाएर छेउमा जम्मा गर्ने क्रम जारी छ।
फोहोर पुर्ण रुपमा जम्मा गरिसकेपछि डोजर लगाएर झिक्ने योजना छ।
काठमाडौँमा मुख्य ९ वटा नदी छन्। सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक छन्। यसपछि कपडा खोलामा फालिएका छन्।
घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ।
यीमध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन।
यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित भइरहेको महानगरले जानकारी दिएको छ।















-नेपाल फोटो लाइब्रेरी


