काठमाडौं- सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय गोदाममा सोमबार भएको आगलागी घटनाबारे छानबिन समितिले सोधपुछका लागि ७ प्रहरीलाई बोलाएको छ।
छानबिनका लागि भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई बोलाइएको जानकारी समितिले दिएको हो।
आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिले मंगलबार घटनास्थललाई सिल गरेको छ। सुरक्षाका लागि नयाँ टोली राखिएको छ।
क्षतिको विवरण संकलन गर्ने कार्य समेत तीव्र पारिएको समितिले जानकारी दिएको छ।


