काठमाडौँ- काठमाडौँको साँखुमा ४ वटा टिपर एक आपसमा ठोक्किएका छन्। शनिबार बिहान साँखु-लप्सीफेदी सडकखण्डमा चार टिपर आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७, बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर ठोक्किँदा एक जना घाइते भएका छन्।
बा ५ ख ४५७० नम्बरका टिपर चालक घाइते भएका छन्। साँखुस्थित पुपल्स लाइफ केयर हस्पिटलमा उपचाररत उनको दुवै खुट्टामा चोट छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


