सिड्नी- अस्ट्रेलियाको सिड्नीमा एक युवकले अन्धाधुन्ध छुरा प्रहार गरी ६ जनाको हत्या भएको छ।
स्थानीय समय अनुसार शनिबार दिउँसो ३ बजेतिर सिड्निको बेस्टफल्ड सपिङ मलमा छुरा प्रहार गरी कम्तीमा ६ जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ।
ती व्यक्तिको छुरा प्रहारबाट ८ जना घाइते पनि भएका छन्। घाइते हुनेमा ९ महिनाका एक बालक पनि छन्। उनीहरूको अवस्था गम्भीर छ।
घाइते र मृतकको परिचय खुलिसकेको छैन।
ती व्यक्ति सपिङमा प्रवेश गरेको १० मिनेटमा नै छुरा प्रहार गरी बाहिरिएका थिए।


