२०८३ साउन १४ गते बिहिबार

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २
dfhd

तनहुँ- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ। विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्षसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो।

बन्दीपुर गाउँपालिका–४ स्थित केबलकार चोकमा रहेको बटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’ र अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

सोही अवसरमा बन्दीपुर केबलकारको विधिवत पूजापाठ गरी शुभारम्भ गरिएको छ। हालका लागि केबलकार आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने गरी मात्र सञ्चालन गरिने उनले बताए। सर्वसाधारणका लागि चाँडै नै मिति घोषणा हुने कम्पनीका इन्जिनियर सुप्रियो मण्डलले जानकारी दिए।

परियोजनाअन्तर्गत टुरिष्ट पार्क र रेष्टुरेण्ट भने पूर्ण रुपमा खुला गरिएको छ। मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेटसँगै चट्टानमा नै बनेको शिव मन्दिर, गणेश स्वरुप छ भने फुटपाथ माथि ३३ देवी देवताको मूर्ति बनाइएको कम्पनीका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिए।

आकर्षक उल्लुको मूर्ति, भगवान बुद्धको मूर्ति, सूर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवजीको प्रकट रुप, भगवान विश्वकर्माको मूर्ति साथै जङ्गली जनावरहरुको म्युजियम, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्षक मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुको म्युजियम रहेको छ।

अत्यन्तै आकर्षक दाबी गरिएको यो टुरिष्ट पार्क रु ८६ करोडको लागतमा तयार भएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए। यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु दुई सय, मोटरसाइकल रु तीन सय, ट्याक्सी रु पाँचसय, माइक्रो रु एक हजार र ठूला बसका लागि रु एक हजार पाँच सय मूल्य तोकिएको छ। तर कम्पनीले अफरको रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेण्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचर दिने रेष्टुरेष्ट म्यानेजर प्रकाश श्रेष्ठले बताए।

परियोजनाअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लव, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको हल, स्काइ वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जीप लाइन लगायतका पूर्वाधार अगाडि बढाएको छ। जसको कूल लागत रु छ अर्ब २९ करोड पुग्ने जनाइएको छ। सबै पूर्वाधार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गरिएको छ।

प्रकाशित: २०८१ बैशाख २ गते आईतबार ०९:२०
प्रतिक्रिया

थप समाचार

अशान्त मधेश: सुनसरी र सिरहापछि वीरगञ्जमा पनि कर्फ्यु, के छ पछिल्लो अवस्था?

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी...

जापानको कुमामोतोमा भूकम्प, ३० जनाको मृत्यु

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले बिहीबार सरकारको आपत्कालीन विपद् व्यवस्थापन मुख्यालयको...

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी, किसान समस्यामा

जनकपुरधाम: सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन्। रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा: बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन...

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर: हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ। जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन्। उनीहरूले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना