२०८३ कार्तिक १६ गते आईतबार

कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३
pakrau

महेन्द्रनगर (कञ्चनपुर)- बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०÷९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र २ सय ४ पुरुष पक्राउ परेका छन्। उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै ३ सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ।

‘अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ’, प्रहरी उपरीक्षक जोशीले भने, ‘प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ। स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ।’

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताए। ‘सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो’, उनले भने, ‘हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ।’ लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन्।

‘कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका छन्’, प्रहरी उपरीक्षक जोशीले भने, ‘यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ।’ लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उनले बताए।

त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट १ सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ। यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको ४ करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए।

प्रकाशित: २०८१ बैशाख ३ गते सोमबार ०९:०५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना