२०८३ कार्तिक १२ गते बुधबार

परेन पानी, फुलेन गुराँस

 |  दिलकुमार लिम्बू
Sanket

दिलकुमार लिम्बू

फुङलिङ, बैशाख १०
guras

फुङ्लिङ- चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो। यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ। गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन्। चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन।

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ। तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ। किनकि अन्य बोटभन्दा त्यति भिन्नता देखिँदैन। पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन्। अनि भन्ने गर्दछन् ‘गुराँस किन फुलेन?’

विगतका दिनमा पाथिभरा क्षेत्रमा फुलेको गुराँसको रस चुस्न झुम्मिएका अनेक थरिका चरा अनि मौरी। ती चराको आवाजले सङ्गीतमय यात्रा हुने गर्दथ्यो। गुराँसका रस चुस्ने अनेक थरिका चराचुरुङ्गी र आफ्नो आहारा बटुल्न आउने ती मौरी अहिले कहाँ केको रस चुस्तै होला?

विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो। निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिनेबित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गथ्र्यो। पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बन्थ्यो। लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्यो। ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्ने अवसर मिल्यो। तर यस वर्ष भने गुराँस फुल्न सकेन। गुराँसका रुख छन् तर अरु रुखभन्दा त्यति भिन्नता छैन।

सिदिङवा गाउँपालिका–४ साब्लाखुकी फूलमाया लिम्बू ढकमक्क गुराँस फुल्दाको आनन्द लिन र पाथीभराको दर्शन गर्न जाने सोच निकै अगाडिदेखि नै थियो। गत बुधबार भने लिम्बूको साइत जुर्‍यो। बिहान ४ बजे नै ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा क्षेत्र प्रस्थान गरे। दुई घन्टा यातायातको साधनमार्फत काफ्लेपाटी पुगे। काफ्लेपाटीबाट पाँच किलोमिटर उकालो पदमार्गको प्रयोग गरेर पाथीभरा मन्दिर पग्नु सकिन्छ। पदमार्गको दायाँ–बायाँ फुलेको गुराँसको आनन्द लिँदै कहीँकतै गुराँसको थुङ्गासँग तस्बिर लिने सोच बनाउँदै रङ्गीन सोच बनाएर उकालो लागे। तर लिम्बूका ती रङ्गीन सोच लामो समय टिक्न सकेन। न त कतै गुराँस फुलेको देख्न पाइयो न त चराचुरुङ्गीको आवाज नै सुन्न पाए। ‘किन गुराँस फुलेन’, लिम्बूले भने, ‘गुराँस फुलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेनछ।’

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ। कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पक्षी डाँफेलगायत वन्यजन्तु तथा पक्षी पाइने गर्दछन्।

मधेसमा गुराँस पाइँदैन। मधेसमा जन्मेहुर्केकालाई गुराँस हेर्नका लागि पहाड उक्लिनै पर्दछ। गुराँस हेर्न र पाथीभराका दर्शन गर्न साप्तरीका शिव यादवले भने ढकमक्क गुराँस फुलेको हेर्ने इच्छा पूरा नभएको बताए। प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याममा गुराँस फुल्न नसकेको स्थानीय इन्द्रनारायण भट्टराईले उल्लेख गरे। विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यावलोकन गर्न ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ। कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पक्षी डाँफेलगायत वन्यजन्तु तथा पक्षी पाइने गर्दछन्।

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ। यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन्। यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन्। यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजातिसमेत रहेका छन्।

स्थानीय व्यवसायी गुराँस फुलेको समयमा पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन्। हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ। फागुनदेखि जेठसम्म गुराँस फुल्छ। गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन्। यतिबेला सामाजिक सञ्जालमा गुराँसछेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिर बढी लोकप्रिय हुन्छन्। यतिबेला गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन्। तस्बिरमा देखेकाहरू प्रत्यक्षरूपमा गुराँस देख्दा धेरै रमाउँछन्।

हरेक वर्ष देवतालाई गुराँस चढाइन्छ। यसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ। तर यस वर्ष भने विगतमा फुलेझैँ गुराँस नफुलेको स्थानीय बताउँछन्।

किन फुलेन गुराँस?
जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वार्डेन दिपेन्द्र पोखरेले बताउनुहुन्छ। यस वर्ष विगतको जस्तो असोजदेखि अहिलेसम्म खासै वर्षा हुन सकेन। हिमाली भेगमा हिमपात नभई हिउँ पर्ने समय गएको छ। विगतमा चाँदीजस्तै सेताम्य हुने हिमाल कालो चट्टानजस्तै देखिन थालेको छ। हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताउनुभयो। हिमालमा समयमै हिमपात र वर्षा कमी हुनुले पनि जैविक विविधतामा असर पुगेको वार्डेन पाखरेलको भनाइ छ। त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्ने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको बताउँछन्।

‘त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने यस वर्ष नफुल्ने भनेको सुक्खापनले गर्दा नै हुनुपर्छ,’ उनी भन्छन्, ‘पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नुअघि पानी नपर्दा गुराँस फुल्न सकेन।’ उनका अनुसार सुक्खा हुनेबित्तिकै सुक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ। बिरुवा फुल्नु–नफुल्नु, फल–लाग्नु नलाग्नुमा जलवायु परिवर्तनजस्ता अरू थुप्रै कारण पनि उत्तिकै जिम्मेवार हुने उनी बताउँछन्।

प्रकाशित: २०८० बैशाख १० गते आईतबार ०९:२४
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना