पोखरा- पोखराको फेवाफाट चङ्खपुरमा ४० वर्षपछि यसपालि दोस्रो पटक गहुँबाली लगाइएको छ। गत वर्ष लगाएको गहुँबाली राम्रो भएपछि लगाइएको गहुँ यसपालि पनि पाकेपछ यति बेला किसानलाई थन्क्याउने चटारो छ।
चङ्खपुर फाँटमा १३० जना किसान सामूहिक खेती गर्दै आएका छन्।
गत वर्ष २५० रोपनीमा गहुँ लगाएका किसानले यस वर्ष ५ सय रोपनीमा लगाएका छन्। किसानलाइ पोखरा महानगर कृषि महाशाखाले प्राविधिक र अनुदान सहयोग उपलब्ध गराएको छ।





