काठमाडौँ- स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम-१४ एलटीई सार्वजनिक गरेको छ।
५० एमपी ट्रिपल क्यामरा ५ हजार एमएएच ब्याट्री र अत्याधुनिक अक्टा-कोर प्रोसेसरसहितको मोबाइल सार्वजनिक गरिएको हो।
ग्राहकको वास्तविक साथी हुने गरी मोबाइल तयार गरिएको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एम १४ एलटीई कम प्रकाशको फोटोग्राफीका लागि समेत उत्कृष्ट भएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार ५ हजार एमएएच ब्याट्रीका कारण मोबाइल घण्टौंसम्म चार्ज नगरी चलाउन मिल्छ।
निलो र गाढा निलो रङमा पाइने मोबाइलको मूल्य ४/६४ जीबी संस्करणका लागि १६ हजार ९९९ र ६/१२८ जीबी संस्करणका लागि २१ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
यो मोडेल १८ अप्रिल २०२४ बाट देशभरका सबै रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ।


