पोखरा- मिस नेपाल-२०२३ का प्रतिस्पर्धीले पोखरामा वृक्षरोपण गरेका छन्। पोखरा-१८ स्थित शान्त माध्यमिक विद्यालय भकुन्डेमा शनिबार उनीहरूले बिरुवा रोपेका हुन्।
डाबर बाटिका मिस नेपाल वर्ष २०२३ का २४ जना प्रतियोगी र व्यवस्थापन दलका सदस्य लगायतको उपस्थितिमा भएको वृक्षरोपणमा ग्रो ग्रिन नेपालले प्राविधिक तथा बिरुवा सहयोग गरेको थियो।
मिस नेपाल प्रतियोगीले विभिन्न जातका १३० बोटबिरुवा रोपिएको ग्रो ग्रिन नेपालका संयोजक भुवन श्रेष्ठले जानकारी दिए।
‘विश्व पृथ्वी दिवसको भोलिपल्ट गरिएको वृक्षरोपण कार्यले हामीलाइ थप ऊर्जा मिलेको छ। पृथ्वीलाइ संरक्षण गर्दै लैजानु पर्नेछ,’ कार्यक्रममा पोखरा-१८ की मीनाकुमारी सिकेले बताइन्।



