काठमाडौँ- धोबीखोला कोरिडोरको रातोपुल र कालोपुलबीचको खण्ड अहिले बेगमबेली फूलले ढकमक्क छ।
धोबीखोलामा कुहिएको पानी भएपनि विभिन्न रङ्गका बेगमबेलीले रङ्गिबिरङ्गी छ धोबीखोला किनार।
बसन्त ऋतुको यो समयमा प्रदुषित खोलालाई बेगमबेलीले ढाकिदिएको छ।
खोलाको फोहोर लुकाउन बेगमबेलीलाई अरू फूलले पनि साथ दिएका छन्।
फूलले खोला किनाराका सडक मनमोहक बनाउन त सकेका छन् तर खोलाभित्रको प्रदूषणलाई रोक्न बेगमबेलीको प्रयास अपर्याप्त छ।
बेगमबेलीको प्रयासलाई काठमाडौँ महानगरले सहयोग गरिदिएको छ।
धोबीखोलामा सरसफाइ गरिदिएर महानगरले सहयोग गरेको हो।



















