काठमाडौँ- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउनूपूर्व सरह सिँगारपटार गरिएको छ।
सुरक्षाको लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सडकमा स्वागतद्वार बनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले सार्वजनिक बिदा दिएको छ।
केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका कतारी राष्ट्र प्रमुखको स्वागतमा ठाउँठाउँमा सांस्कृतिक भेषभूषा लगाएका नागरिकहरू उपस्थित भएका छन्।














