काठमाडौँ- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका छन्।
मंगलबार दिउँसो ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको जहाजले अवतरण गरेको हो।
राजकीय भ्रमणमा आएका कतारी राजाको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्।
विमानस्थलको अतिविशिष्ट कक्षमा अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ।







