काठमाडौँ- एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेका छन्।
रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ।
‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन्। फिल्ममा पूर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय रहेको छ।
शाही र नेपालले वैशाख ४ गते सुटिङ गराएका थिए।











यस्तो देखियो ज्ञानेन्द्र शाही र माधव नेपालको फिल्म सुटिङ [१२ तस्बिर]


