२०८३ साउन १३ गते बुधबार

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ११
lila_giri

दाङ– लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको हो।

यस अघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई माओवादीलगायतका दलले दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।

एमाले सरकारलाई दिएको समर्थन माओवादीले चैत १२ मा विश्वासको मत फिर्ता लिएका थिए। सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ। पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सोमबार लिएको विश्वासको मतमा गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ। ८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र गिरीलाई विश्वासको मत दिउका थिए।

नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३र३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १र१, स्वतन्त्र १ गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन्। मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरेका थिए। ७४ दिनमै अल्पमतमा परेको गिरी सरकार १०३ दिनमा ढलेको हो।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी कांग्रेसले गरेको छ।

एमाले सरकारलाई दिएको समर्थन माओवादीले चैत १२ मा विश्वासको मत फिर्ता लिएका थिए। सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ। पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि शनिबार मात्रै गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत परेको थियो। उक्त संख्या प्रदेशसभाको बहुमत नभएको भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएको प्रदेशसभाले घोषणा गरेको थियो। अधिकारीलाई एमाले, स्वतन्त्र र राप्रपाका सांसदले मतदान गरेका थिए।

मुख्यमन्त्री अधिकारीको विपक्षमा ३५ मत परेको थियो। मतदान प्रक्रियामा ५९ जना सहभागी थिए। निर्णायक अवस्थामा मात्र सभामुखलाई मताधिकार हुन्छ। अधिकारीको विपक्षमा कांग्रेस र माओवादीका सांसदले मत दिए।

यसअघि अधिकारीलाई नेकपा माओवादी र राप्रपाले समर्थन गरेका थिए। तर संघमा नयाँ गठबन्धन बनेपछि गत चैत १० गते माओवादीले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।

यसअघि सुदूरपश्चिम प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो। सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि विश्वासको मत नपाएपछि कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार बनिसकेको छ।

प्रकाशित: २०८० बैशाख ११ गते सोमबार ०१:३५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना