२०८३ साउन १३ गते बुधबार

रुसी सेनामा भर्ति भएका तनहुँका नौ यवा अझै सम्पर्कविहीन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १५
orjdop’

तनहुँ- रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्।

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको व्यास नगरपालिका–९ मा रहेकीआमाले बताइन्। ‘रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो”, नाम गोप्य राखिदिन आग्रह गर्दै आमाले भन्नुभयो, “छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएको छैन।’

रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रुपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारजनले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिइन्।

रुसी सेनामा व्यासका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जना गरी नौ युवा सम्पर्कविहीन भएकाले खोजी गरि सकुशल स्वदेश फिर्ता गरि दिन माग गर्दै निवेदन परेको उनले बताइन्। सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ। विचौलियामार्फत रु पाँच लाखदेखि छ लाखसम्म तिरेर ‘भिजिट भिसा’मार्फत रुसी सेनामा भर्ती गराइएकोसमेत परामर्शदाता तिवारीको भनाइ छ।

केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्तिसमेत रुसी सेनामा भर्ती भएको हुनसक्ने आकलन गरिएको बताए। नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिनेको सङ्ख्या न्यून रहेकोसमेत उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रुपमा परामर्श लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। वैदेशिक रोजगारीका क्रममा कसैले पनि ठग्न नसकुन् भनेर आफूहरुले अनिवार्य रुपमा परामर्श सेवा सञ्चालन गरेको उनले जानकारी दिए।

‘रुसी सेनामा भर्ति भएकाको खोजी गरिदिन निवेदन परेको छ’, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘हामीले आफ्नो स्थानबाट सकुशल फिर्ता गर्न आवश्यक पहल गरेका छौँ, तर राज्यले बन्देज लगाएको र जानकारी नभएका देशहरुमा कसैलाई पनि नजान अनुरोध गरेका छौँ।’

प्रकाशित: २०८१ बैशाख १५ गते शनिवार ११:५६
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना