काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ।
विमानस्थलबाट उडेको केही बेरमै इञ्जिन फेल भएपछि अवतरण (फोर्स ल्यान्डिङ) गराउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
जहाज फ्लाइ दुबईको हो। जहाजमा १६२ जना यात्रु रहेको बताइएको छ।
विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई जानकारी गराएका छन्। जहाज अहिले धादिङको धार्केमाथिको आकाशमा होल्ड गरिएको छ। जहाज काठमाडौंबाट दुबईका लागि ९ः२३ मा उडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्र तयारी अवस्थामा राखिएको छ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ।
फ्लाइट राडारमा देखिएको विमानको यात्रा



