काठमाडौँ- पछिल्ला दिनमा राजधानी काठमाडौँको वायुप्रदूषण अत्यधिक बढेको छ।
केही दिनयता काठमाडौँ थुप्रै पटक विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बन्न थालेको वायुप्रदूषणको स्तरबारे जानकारी दिने वेबसाइट आईक्यु एयरका तथ्यांकले देखाएको छ।
‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार वायु गुणस्तर सूचकाङ्क १६२ पुगेको थियो।
तापक्रम वृद्धिसँगै विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण बढिरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको जानकारी दिएको छ।









तस्बिर: नेपाल फोटो लाइब्रेरी


