काठमाडौं – आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलको लागि भारतको टिम घोषणा भएको छ। बिसीसीआईले मंगलबार दिउँसो एक सूचना जारी गर्दै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको लागि आफ्नो १५ सदस्सिय टिमको घोषणा गरेको हो।
यो प्रतियोगिताको फाइनल खेल आउँदो जुन ७ देखि ११ तारिखसम्म द ओभल रंगशाला लन्डनमा अस्ट्रेलिया र भारत बीच हुने छ। यो च्याम्पियनसिपको दोस्रो संस्करण हो। पहिलो संस्करणमा भारत र न्युजिल्यान्ड फाइनलमा पुथेको थिए। सो प्रतियोगिताको उपाधि भारतलाई हराएर न्युजिल्यान्डले जितेको थियो।
भारतिय टिमको कप्तानी नियमित कप्तान रोहित शर्माले गर्नेछन्। उनको कप्तानमिा शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे र केएल राहुल रहेका छन्।
टिममारहेका अन्य खेलाडीमा विकेटकिपर केएसभारती, रविचन्द्र अश्विन, रविन्द्र जाडेजा, अक्ष्र पटेल, मोहम्मद शामी, श्रद्धुल ठाकुर मोहम्मद सिरज, उमेश यादव र जयदेव उन्नतकड रहेका छन्।


