काठमाडौँ- आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली टोली आज वेस्ट इन्डिजतर्फ जाने छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार राति नै बिदाइ गरेको थियो।
शनिबार राति २ बजे ७ जना खेलाडी र ४ जना अफिसियल मात्र जाने भएका छन्। उनीहरु कतार हुँदै वेस्टइन्डिज जाने छन्।
बाँकी रहेको टोली भोली जाने छ। आइतबार जानेमा १२ जनाको टोली रहेको छ।
शनिबार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेस ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक छन्।
आइतबार दिउँसो जाने टोलीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने छन्।
शनिबार नेपालले वेस्ट इन्डिज ए सँगको पाँचौं तथा अन्तिम टी–२० खेल खेल्दै ६ विकेटको जित हात पारेको थियो।


