ललितपुर- इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। उनी सधैँ त्यही बाटो भएर दैनिक कार्यालय जानेआउने गर्छन्।
काममा जाँदा आउँदा सधै उनलाई एउटा पीरले सताउँछ। ग्वार्को चोकमा निर्माणधीन फ्लाइओभरको अव्यवस्थित निर्माण सामग्री र सडकजामले उनलाई सधै पिरोल्ने गरेको छ।
दैनिकी ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नु पर्ने हुन्छ। फ्लाइओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरुले गर्दा निकै जोखिम मोलेर हिड्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
जाम खुल्दा सार्वजनिक सवारीहरु पेलिएर आउँदा निकै डराउँदै हिड्नु पर्ने अवस्था छ। उनि जस्तै साना सवारी हुन् या ठुला सवारी नै किन नहुन् त्यसरी नै जोगिँदै हिँड्नु पर्ने बाध्यता छ।
रड मात्र नभई फ्लाइओभर निर्माणस्थल ढाकिएका जस्तालगायतका निर्माण सामग्रीले पनि अप्ठेरो पारिरहेको छ। ठुला डिभाइडर भित्रबाट रड निस्किएको छ।
निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो। सडकमै निस्किएका रडले दुर्घटना निम्त्याउन सक्ने चालकहरुको गुनासो छ।
काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण गरिरहेको छ। फ्लाइओभर निर्माणका लागि नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयक सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ। ठेक्का सम्झौता अनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ।














-नेपाल फोटो लाइब्रेरी


