काठमाडौँ- प्रतिनिधिसभाले संसदीय सुनुवाइ समिति गठन गर्ने तयारी गरेको छ। दिउँसो ३ बजे बस्ने बैठकमा संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि सभामुख देवराज घिमिरेले प्रस्ताव गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
यस्तै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथि दफावार छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ।
आजकै बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र अर्का सांसद रघुजी पन्तले समर्थन गर्ने कार्यसूची सार्वजनिक गरिकएको छ।



