काठमाडौँ- वर्ष र सहकालका देवता रातो माछिन्द्रनाथको मुर्तिलाई रथारोहण गरिएको छ।
पाटन मछिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा चढाइएको हो।
वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत छ।
रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी थिए।
वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म यो रथजात्रा मनाइने गरेको छ।
यो जात्रा काठमाडौँ उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मानिँदै आएको छ।















