काठमाडौँ- आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया।
वसन्त ऋतुको गर्मीमा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीनकालदेखि सातु र सर्वतपानी दान गरी यो पर्व मनाइँदैछ।
शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले सर्वत र जौको सातु खाने पर्वको रुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ।
शङ्खविनायक महिला जागरण समूहले अक्षयतृतीयाको अवसर पारेर शङ्खमुल चोकमा सातु र सर्वत बाँढेका थिए।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


