२०८३ कार्तिक १४ गते शुक्रबार

पोखरामा आठौँ स्पोर्ट्स अवार्ड सम्पन्न, उत्कृष्ट खेलाडी बने अर्जुन र सुस्मिता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
WhatsApp Image 2024-05-10 at 20.35.47

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० सम्पन्न भएको छ। पोखरा सभागृह हलमा भव्य समारोहकाबीच शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रम अन्तरगत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जित्न सफल बने। यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए।

वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारिन्। यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा परेका थिए।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्न सफल भए।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा भएको उदियमान खेलाडी विधाको अवार्ड व्याडमिन्टनकी दिलासा रानाको पोल्टामा पयो। राना सहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की यो विधाको मनोनयनमा परेका थिए।

वर्ष उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसी अब्बल बने। केसी सहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए। वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरियो। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो। वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरियो। वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो। वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गरे।

यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरियो।

अवार्ड बिजेता तथा मनोनयनमा पर्न सफल सबैजनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिलामन्त्री हरिबहादुर चुमान, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले अवार्ड र मनोनयन ट्रफी सहितका पुरस्कार हस्तान्तरण गरें।

अवार्ड वितरण गर्न रोहितराज पराजुलीको संयोजकत्वमा प्रतिभा छनोट समिति निर्माण गरिएको थियो। जसको सदस्यमा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, मञ्चका पूर्व सल्लाहकार सुदर्शन रन्जित तथा मञ्चका सदस्यहरु विजय नेपाली, धन बहादुर गुरुङ सुमन र रिखिराम जिसी सदस्य रहेका थिए। यसैगरी उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने रहेका थिए। यो समितिको सदस्यमा पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पूर्व पुरस्कृत सागरराज तिमिल्सिना, मञ्चका सदस्य उमेश पुन सदस्य रहेका थिए। दुवै समितिको पदेन सदस्यमा मञ्चका अध्यक्ष दीननाथ बराल रमहासचिव राजाराम पौडेल रहेका थिए।

अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुतको प्रस्ततीमा दर्शकहरु रमाए। उनले आफ्ना चर्चिच गीत सुनाउदै माहोल रमणीय बनाउँदा दर्शकले नाँचेर साथ दिएका थिए। सपुतका अलावा गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी, कौरा र झ्याउरे नृत्यले समेत अवार्ड कार्यक्रममा रौनकता थप्यो।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहेको छ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो। पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाएको छ। प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको थियो।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व. सेनानी हेमबहादुर पुनको परिवार, लाइफटाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गर्ने सम्झौता गरेका थिए।

यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमाई मोर्टस् प्रा.लि., साहस स्पोर्ट्स प्रालि, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, एम.ए. कन्स्ट्रक्सन प्रालि, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान मञ्जु गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रादेशिक क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., दीपक थापा (अध्यक्ष हक्की संघ गण्डकी), गण्डकी प्रदेश भलिबल संघ, मझेरी रिर्सोट एण्ड स्पा, पोखरा ३ वडा कार्यालय, पोखरा ४ वडा कार्यालय, पोखरा ५ वडा कार्यालय, पोखरा ६ वडा कार्यालय, पोखरा ८ वडा कार्यालय, पोखरा ९ वडा कार्यालय, पोखरा १५ वडा कार्यालयले सहयोग गरेका थिए।

यसैगरी दीपक गुरुङ अध्यक्ष तथा सहारा हङकङ परिवार, अध्यक्ष दिलराज गुरुङ र उपाध्यक्ष कमल गुरुङ तथा बगर भाइखलक यूके परिवार, कृष्ण गुरुङ अध्यक्ष तथा कमल गुरुङ उपाध्यक्ष (सहारा यूके), सुर्य गुरुङ गोर्खा प्यालेस, मिलन तमु गोर्खा मिडिया, अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी सपना मल्ल, लोक गुरुङ, नरजङ गुरुङ, रुपक गुरुङ, महेश गुरुङ, ह्यूष्टन एजुकेशन, भिजन उर्जा लुम्बिनी कम्पनी, पोखरा मोबाईल टावर प्रा.लि. बुल्सम्यान क्लब, कास्की जिल्ला भलिवल संघ, विनोद कायस्थ अध्यक्ष टेनिस संघ गण्डकी, एन्फा कास्की, कास्की जिल्ला एथलेटिक्स संघ, मोहन भूगोल व्याण्डमिन्टन फाउण्डेसन, ज्ञानुबाबा आवासिय मावि, यूनाइटेड क्लब, नेपाल ट्रायथलन संघ, गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसन, वल्र्डलिंक प्रालि, पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रालि, जिल्ला खेलकुद विकास समिति कास्की, कञ्चन क्यापिटल प्रालि, अध्यक्ष पोषण थापा तथा फेवा सिल्टेसन प्रालि, नेपाल मुआथाई संघ केन्द्रीय उपाध्यक्ष दीपक गोदार, सहारा युके पूर्व अध्यक्ष कुमार गुरुङ,ुबद्ध एअर,पोखरा महानगर खेलकुद विकास समिति, पोखरा उद्योग वाणिज्य संघ,कास्की जिल्ला तेक्वान्दो संघ अध्यक्ष कुमार गुरुङ, पोखरा १२ का अश्विन कार्की लगायतले सहयोग गरेको मञ्चले जनाएको छ। लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिएको थियो।

प्रकाशित: २०८१ बैशाख २९ गते शनिवार १२:२७
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना