काठमाडौँ- नेपाली पर्वतारोही कामीरिता शेर्पाले विश्व कीर्तिमान राखेका छन्। आफ्नै रेकर्ड तोड्दै शेर्पाले विश्व कीर्तिमान राखेका हुन्।
शेर्पाले आज (आइतबार) बिहान ७ बजेर २५ मिनेटमा २९औं पटक सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको हो।
यसअघि २८ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैँले भंग गरेका थिए।
सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ अन्तर्गत उनी जेठ ९ गते २८ औं पटक सगरमाथा पुगेका थिए।
शेर्पाले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा सफल आरोहण’ को उपाधि जितेका हुन्।
सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन्।
जनवरी २, १९७० मा जन्मेका शेर्पाले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्।
उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन्।
