२०८३ कार्तिक ११ गते मङ्गलबार

फेवाकिनारमा जलकुम्भी पर्यटन [तस्बिरहरू]

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, बैशाख ३१
jalakumbhi_tourism (5)

पोखरा- पर्यटकीय राजधानी मानिने पोखराको पर्याय बनेको छ फेवाताल। यही फेवा किनारमा पर्ने पोखरा-१८ ढल्केबर (खपौदी) मा जलकुम्भी फुलेको छ।

उक्त फूल हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन्। सामाजिक सञ्जालमा फोटो र छोटो भिडियो अपलोड गर्नेहरु पनि प्रशस्तै छन्।

बिदाको दिन भिडभाड हुने गरेको स्थानीय लोकबहादुर जलारी बताउछन्।

जलारीका अनुसार फोटो खिच्नेको भिडले माछा मार्न कार्यमा बाधा परेपनि उनीहरूले माछा किनिदिने गरेका छन्।

जलकुम्भी झारले कुरूप बनाउने गरेको जगजायर नै छ। तर अहिले यही झारले गर्दा पर्यटकको आकर्षण बढेको स्थानीय रणबहादुर थापा बताउँछन्।

पोखरा महानगरपालिकाले पहिले झार व्यवस्थापन गर्न बजेट छुट्टाउने गर्दथ्यो तर महानगरले अहिले बजेट विनियोजन नगर्दा जलकुम्भी झार बढिरहेको हो।

जलारी समुदाय फेवाताल र यससँग जोडिएका ससाना खोला नालासँग आसित्त रहेको छ।

फेवातालमा पछिल्लो समय माछाको प्रजाति र संख्या घट्दै जाँदा पुस्तौंदेखि माछा मारेर जीवन चलाउँदै आएका जलारी समुदाय आफ्नो पेसाबाटै विस्थापित हुने अवस्था आएको स्थानीय कमल जलारी सुनाउँछन्।

फेवाकिनारको सिमसार क्षेत्रमा फैलिएको जलकुम्भी मुख्य ताल क्षेत्रमा नै प्रवेश गर्ने गरेको छ। यसअघि किनारमा आउनेबित्तिकै हटाइने गरेको भएपनि महानगरले यसमा तदारुकता नदेखाउँदा जलकुम्भी बढेको हो।

प्रकाशित: २०८१ बैशाख ३१ गते सोमबार ०४:००
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना