काठमाडौँ- नेपालले पहिलो टी–२० अभ्यासखेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ वीकेटले पराजित गरेको छ। तीन खेलको सिरिजमा १–०को अग्रता बनाएको नेपाललाई ओपनर कुशल भुर्तेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतकको योगदान गरेका थिए।
१९७ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ५२ र सोमपाल कामीले ३५ रन बनाए। ओपनर कुशल भुर्तेलले ७० र आशिफ शेखले २६ रन बनाए।
एक समय १४.२ ओभरमा ११८.६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए।
अन्तिम २ ओभरमा ३८ रन चाहिँदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे। जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो। त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए।
र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो।
नेपाल र विनवार्ड्सबीचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुँदैछ ।


