२०८३ कार्तिक १२ गते बुधबार

पुस्तौँदेखि दियालोकै भरमा छ मुगु

 |  Untitled
Sanket

Untitled

मुगु, बैशाख १४
diyalo

मुगु- छायाँनाथ रारा नगरपालिका-१२ सोभागाउँका राममाया बुढाको ५ जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ। गाउँमा बिजुली नपुग्दा उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन्।

छिमेकी कुम्मलाल बुढाको ६ जनाको परिवारको व्यथा पनि उस्तै छ। ‘मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला,’ उनले भने, ‘बत्ती नहुँदा गाउँ समसाँझै सुनसान हुन्छ, अहिले त बत्तीकै आशामा दिन बित्न थाल्यो।’ उनी गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि आधा घण्टा हिँडेर गमगढी बजार जान बाध्य छन्।

गाउँबाट पारि हेर्दा गमगढी बजार बत्तीले झिलीमिली भए पनि आफूहरू अँध्यारोमा बस्दा ठूलो पीडा हुने गरेको ६९ वर्षीय उनले बताए। ‘बच्चैदेखि दियालो बाल्दा दम र आँखाको रोगको सिकार हुनुपरेको छ,’ उनले भने, ‘बाजेको पालादेखि दियालोकै भरमा छौँ, यस्तै अवस्था रहे हाम्रा छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला।’

‘बच्चैदेखि दियालो बाल्दा दम र आँखाको रोगको सिकार हुनुपरेको छ,’ उनले भने, ‘बाजेको पालादेखि दियालोकै भरमा छौँ, यस्तै अवस्था रहे हाम्रा छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला।’

दियालोको धुवाँका कारण उनी झन्डै दुई दशकदेखि दमका बिरामी छन्। मोतीविन्दुको समस्या पनि देखिएको छ। शोभागाउँका १६५ परिवार ‘बत्तीमुनिको अँध्यारो’ मा बस्न बाध्य भएको उनले भने। पछिल्लो राष्ट्रिय जनगणनाअनुसार जिल्लाभरि झन्डै नौ हजार घरधुरी छन्। यसमध्ये करिब पाँच हजार परिवार दियालो भरमा रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ।

अहिलेसम्म सदरमुकाम आसपासका झन्डै चार हजार परिवारले मात्र विद्युत् र वैकल्पिक ऊर्जा प्रयोग गर्न पाएको जनगणनाले जनाएको छ। सदरमुकामस्थित छायानाथरारा नगरपालिकाका २ हजार ५४६ घुरधुरीमध्ये १ हजार ६ सय घरधुरीमा गमगाढ जलविद्युत् आयोजनाको बिजुली पुगेको छ। अझै करिब एक हजार घरधुरी विद्युतको पहुँच बाहिर छन्। चार सय किलोवाटको आयोजनाले अझै पनिशोभा, रोवा, तल्लेख, घट्टलेख, सालिम, रयाङच्याकाटी, लुम्स, बालचौर, कम्फा, बाम र मुर्मा गाउँमा बिजुली पुर्‍याउन सकेको छैन।

सरकारले मुगुमा अझै पनि राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको छैन। खत्याड गाउँपालिकामा भने कुनै पनि वडा र बस्तीमा विद्युतको पहुँच छैन। तीन हजार ६५१ घरधुरी अझै पनि टुकी र दियालोकै भरमा छन्। गत असोज १९ देखि २३ गतेसम्मको भीषण बाढीपहिरोले गाउँपालिकाका १५ साना र लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि पूरै जनसङ्ख्या बत्तीविहीन हुन पुगेको गाउँपालिका उपाध्यक्ष सरिता रोकायाले बताइन्।

बाढी पहिराले सेरी, तोलीखो, खर्क, केराइ चिमढुग्री, पइखु, चामिरखर्क, पन्सेरी राष्कोटीबाडालगायत १५ वटा साना र लघुजलविद्युत् योजना तहसनहस पारिदिएको छ। ‘ती योजना बनाउन कम्तीमा रु १० करोड बजेट आवश्यक छ,’ उनले भनिन्, ‘पालिका एक्लैले त्यत्रो रकम खर्च गर्न सक्दैन, प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरिरहेका छन्।’ उनका अनुसार बत्ती नहुँदा स्थानीयको आयआर्जनको बाटो बन्द भएको छ। बालबालिका गृहकार्य गर्नबाट समेत वञ्चित छन्।

खत्याड गाउँपालिकामा पनि विद्युत्को पहुँच शून्य छ। कृषि र फलफूल उत्पादनमा सबैभन्दा अब्बल मानिएको पालिकामा बत्तीको अभावले साना उद्योग–व्यवसाय सञ्चालन गर्न नसकिएको स्थानीय व्यापारी लोकराज दाहाल बताउँछन्। विद्युत् भए गाउँमै ब्लक निर्माण, सिलाइ उद्योग, पाउरोटी, काट चिरान, क्रसरलगायतका उद्योग सञ्चालन गर्न सकिन्थ्यो। विद्युत्को समस्याले कम्प्युटर शिक्षासमेत ओझेलमा परेको स्थानीय शिक्षक कमल शर्माले बताए। पालिकाका विद्यार्थीले अहिलेसम्म कम्प्युटर विषय पढ्न पाएका छैनन्।

झन्डै एक हजार दुई सय घरधुरी रहेको कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने चार सय ३१ परिवार पनि अझै परम्परागत ऊर्जाकै भरमा छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा ६० किलोवाटको सोलार जडान गरिएको भए पनि स्थानीयले अझै पनि बिजुली देख्न नपाएको स्थानीय कर्णजङ्ग शाहीले बताए। नेरखोला जलविद्युत् आयोजनालाई विस्तार गरी सबैको घरमा बत्ती पुर्‍याउने लक्ष्य राखिएको भए पनि बजेट अभावमा योजनालाई गति दिन नसकिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए। दियालोको धुवाँले गर्दा झन्डै ७५ प्रतिशत ज्येष्ठ नागरिक दम रोगबाट पीडित भएको पालिकाको तथ्याङ्क छ।

गमगाढ साना जलविद्युत् आयोजना पटकपटक अवरुद्ध हुन थालेपछि सङ्घीय सरकारले दुई वर्षअघि गमगढीमा चार सय किलोवाटको सोलार प्लान्ट जडान गर्ने योजना ल्याए पनि बजेट अभावमा अझै काम अघि बढ्न सकेको छैन। प्लान्ट जडानका लागि चैत महिनाभित्र ठेक्का खोल्ने तयारी गरिएको गमगाढ साना जलविद्युत् आयोजनाका वितरण प्रमुख साजनबहादुर ऐडीले बताए।

मुगुमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीलगायतका सांसदले दबाब दिएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असारभित्र गमगढीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रतिबद्धता जनाएका छ। घिसिङ गत असोजमा मुगु र हुम्लामा विद्युत् सम्भाव्यताबारे अध्ययन गर्न आफैँ आएका थिए।

प्रकाशित: २०८० बैशाख १४ गते बिहिबार १०:४८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना