काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ।
माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित नेविसंघले प्रदर्शन गरेको हो।
सहकारी ठगीको आरोप लागेका रवि लामिछानेमाथि संसदीय छानबिन गर्न माग गर्दै नेविसंघले विरोध गरेको हो।
यस्तै गिरीबन्धु टी–स्टेटमा भएको भ्रष्टाचारमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रदर्शनका नारा र प्लेकार्ड केन्द्रित थिए।

















