काठमाडौँ- वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीसँग १२ बोरको राइफल रहेको सार्वजनिक भएको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सुडीसँग सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख छ।
श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि ५ वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ।
श्रीमतीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ। उनका छोरासँग पनि ३५ तोला सुन छ।
तीन जना बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मञ्जु साहसँग २८ तोला सुन छ।
मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद रहेको विवरणमा उल्लेख छ।
संघीय सरकारका मन्त्रीहरूको सम्पत्ति यो लिंकमा क्लिक गरी गरी हेर्न सकिन्छ।






