युवा संघ नेपाल र अनेरास्ववियू केन्द्रिय कमिटीले गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध पनि आफूहरूको प्रदर्शन रहेको उनीहरूको ब्यानरमा उल्लेख छ।।
गिरिबिन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन ल्याएको थियो भने नियमावली पनि जारी गरेको थियो। यस्तै ओलीकै मन्त्रिपरिषद्ले गिरबिन्धुको ३४३ बिघा १९ कठ्ठा १३ धुर जग्गा कोशी प्रदेशको अन्य कुनै स्थानमा साटफेर गर्न सक्ने निर्णय गरिदिएको थियो।
उक्त निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्चले खारेज गर्ने फैसला गरेको छ। ओली नेतृत्वको सरकार आफैँले गरेको नीतिगत भ्रष्टाचारविरुद्ध एमालेकै भातृसंगठन सडकमा उत्रिएका हुन्। यसअघि ओलीले गिरिबन्धुको ७० बिघा जग्गा कांग्रेसले भ्रष्टाचार गरी खाएको आरोप लगाएका थिए। यद्यपि उक्त निर्णय पनि एमालेकै मनमोहन अधिकारी नेतृत्वको मन्त्रिपरिषद् भएको बेला भएका थिए।
प्रदर्शनले प्यालेस्टाइनमा जारी इजरायली नरसंहारविरुद्ध ऐक्यबद्धता जनाएको छ।
संयुक्त रूपमा गरिएको प्रदर्शनमा माइतीघर मण्डलामा प्यालेस्टाइनको सांकेतिक नाटक पनि देखाइएको थियो।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


