काठमाडौँ- सरकारले कक्षा १२ पास नगरी विदेश अध्ययनका लागि अनुमति नदिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ मा यस्तो व्यवस्था गरिएको हो।
विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले लिनुपर्ने पूर्वस्वीकृति पत्र (नो अब्जेक्सन लेटर) सम्बन्धी उक्त निर्देशिका फागुन १८ मा स्वीकृत भएर चैत १८ देखि कार्यान्वयनमा आइसकेको छ।
निर्देशिकाले विद्यालय तह अध्ययनका लागि विद्यार्थीलाई विदेश जान रोक लगाएको छ। तर रोजगारीका सिलसिलामा अभिभावक विदेशमा भए निजका सन्तान विदेशका शैक्षिक संस्थामा पढ्न जानका लागि अनुमति दिन सकिने व्यवस्था निर्देशिकामा छ। तर यसरी स्वीकृति दिँदा वैदेशिक मुद्रा सटही सुविधा भने प्रदान नगरिने निर्देशिकामा व्यवस्था छ।
‘नेपाली नागरिक वैदेशिक रोजगारीमा रहिरहनुपर्ने भए निजका सन्तानले विदेशकै शिक्षण संस्थामा विद्यालय तहको कक्षामा भर्ना गर्नुपर्ने भए वैदेशिक मुद्राको सटही सुविधा नमाग्ने गरी अध्ययन स्वीकृति माग गरेमा मनासिब लागे मन्त्रालयले स्वीकृति दिनेछ,’ निर्देशिकामा उल्लेख छ।
विदेशी विश्वविद्यालयले तोकेको भाषा कोर्स, पूर्वयोग्यता कार्यक्रम (प्रिरिक्यूजिट) कोर्स वा सेतु कार्यक्रम (ब्रीज कोर्स), मेडिकल साइन्सेस (एक्जामिनेसन कोर्स एमएलई) वा शैक्षिक संस्थाले तोकिदिएको प्रवेश परीक्षा, अन्य शैक्षिक कार्यक्रम अध्ययन गर्नुपर्ने भएमा सोको व्यवहोरा खुलाई स्वीकृतिका लागि विद्यार्थीले अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्था निर्देशिकाले गरेको छ।
यस्तो छ निर्देशिका
