काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ।
टी-२० विश्वकपका लागि अमेरिका जान भिसाका लागि आवेदन दिएका उनलाई भिसा दिन अस्वीकार भएको जानकारी दिएका हुन्।
‘सन् २०१९ मा जस्तै यसपालि पनि अमेरिकाले मलाई भिसा दिन अस्वीकार गरेको छ,’ उनको पोस्टमा उल्लेख छ।
लामिछानेले फेसबुक पोस्ट गर्दै सन् २०१९ जस्तै यसपालि पनि आफूलाई अमेरिकाले भिसा नदिएको उल्लेख गरेका छन्।
टी-२० विश्वकप खेल्ने टोली भने यसअघि नै अमेरिका प्रस्थान गरिसकेको छ। विश्वकप खेल्ने टोली छनोट भएको समयमा लामिछानेविरुद्ध पाटन उच्च अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको भन्दै समावेश गिएको थिएन।
जेठ २ गते उच्चले उनलाई सफाइ दिएसँगै विश्वकप खेलाउनका लागि क्यानले प्रक्रिया अघि बढाएको थियो।


