काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक जनआन्दोलन सुरु गरेका छन्।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम राजधानीको माइतीघरमा सुरु भएको हो।
माइतीघरस्थित बानेश्वर जाने सर्भिसलेनलाई लाइ बन्द गरेर धर्ना कार्यक्रम भइरहेको छ।
सामाजिक आन्दोलनमा सहभागी हुन आह्वान गर्दै पुनले आन्दोलनमा आउँदा आफूले अनुसन्धान गरेर बनाएको सामग्री पनि लिएर आउन अनुरोध गरेका छन्।













