काठमाडौँ- किरात समुदायको चाड उभौली बिहीबारबाट सुरु भएको छ। ललितपुरको हात्तिवनस्थित धार्मिक स्थलमा विधिवत पूर्जाआजासहित एक महिने चाड मनाउन सुरु गरेका हुन्।
यो चाड किराँत, याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन्। यो चाड कृषि कर्ममा आधारित भएर मनाउने गरिएको एक विशेष चाड हो।
वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पुजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ।
वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न बैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न लेकतिर बेसी सर्ने भएकाले ‘उधौली’ भन्ने चलन छ।
उधौलीको दिन ‘नोक्छो’अर्थात् धामीले पुजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ।






















