कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पालाई शुक्रबार काठमाडौंमा भव्य स्वागत गरिएको छ।
सगरमाथाको आरोहण गरेर फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो। उनी शुक्रबार सोलुखुम्बुबाट काठमाडौं आएका हुन्।
उनले सगरमाथाको सर्वाधिक आरोहण गर्ने कीर्तिमान बनाएका छन्।
गत वर्ष २८औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका थिए।
त्यसलाई तोड्दै ३० पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका छन्।
उनी यस वसन्त याममा मात्रै दुई पटक सगरमाथामा पुगेका हुन्।











