बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसहित ४ जना मन्त्रीले शपथ लिएका छन्। माओवादी केन्द्र, लोसपा र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकाहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीसहित नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्की, लोसपाका सन्तोष कुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री पहिलो चरणमा मन्त्री बनेका हुन्।
मुख्यमन्त्री चौधरी दाङ ३(१) बाट निर्वाचित भएका थिए। मास्की दाङको निर्वाचन क्षेत्र नम्बर ३ (२), पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) र चौधरी बर्दिया २ (२)बाट निर्वाचित भएका हुन्।
तीनै जना मन्त्रीले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन्।


