काठमाडौँ- प्रहरी निरीक्षक पवन कुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई उक्त पुरस्कार प्रदान गरिन्छ।
शुक्रबार नेपाल प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहको दीक्षान्त समारोहमा प्रथम हुने प्रशिक्षार्थी परियारलाई पुरस्कार प्रदान गरिएको हो।


