२०८३ साउन १३ गते बुधबार

टिकटकले बढायो सुरक्षा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
tiktok

काठमाडौँ– टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ।

मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू बुझ्नका लागि नयाँ सुविधाहरू र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश छन्।

टिकटकले हेट स्पीच, स्वास्थ्य सम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसन सम्बन्धी नीतिहरूमा स्पष्ट परिभाषाहरू र थप विस्तृत जानकारी प्रदान गर्न आफ्नो कम्युनिटी गाइडलाइन्स परिमार्जन गरेको हो। यी परिवर्तनहरू टिकटकको नियम र प्रवर्तन प्रक्रियाहरूबारे प्रयोगकर्ताको बुझाइ र पारदर्शितामा सुधार गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ।

फर यू फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाँ इलिजिबिलिटि मापदण्ड लागू गर्दैछ। यी स्ट्यान्डर्डहरु उल्लङ्घन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियेटरका अकाउन्टहरू फर यू फिडमा सिफारिसको लागि अस्थायी रूपमा अयोग्य हुनेछन्। यसका साथै तिनीहरूको कन्टेन्ट सर्च रिजल्टहरूमा कम देखिनेछ। प्रभावित क्रियेटरहरूले नोटिफिकेसन प्राप्त गर्नेछन् र यी निर्णयहरूमा अपिल गर्ने मौका पाउनेछन्।

टिकटकको नियमहरू बुझ्न क्रियेटरहरूलाई सहयोग गर्नका लागि प्लेटफर्मले वार्निंग स्ट्राइक सिस्टम प्रस्तुत गर्दैछ। पहिलो पटक कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने क्रियेटरले सुरुमा एउटा चेतावनी प्राप्त गर्नेछन् जुन उसको अकाउन्टको स्ट्राइक ट्यालीमा गणना हुने छैन।

यसपछि हुने उल्लङ्घनहरू भने ट्र्याक गरिनेछ र तदनुसार दण्डित पनि गरिनेछ। टिकटकले क्रियेटरहरूलाई उनीहरूले उल्लङ्घन गरेका विशेष नियमहरूको बारेमा जानकारी दिनेछ र सम्भावित त्रुटिहरूको लागि अपील प्रक्रियामा मार्गदर्शन समेत प्रदान गर्नेछ।

क्रियेटरहरूलाई थप समर्थन गर्न टिकटकले ‘अकाउन्ट चेक’ नामक नयाँ सुविधा पनि ल्याइरहेको छ। यो टुलले क्रियेटरहरूलाई टिकटकमा उनीहरूको स्थितिको ओभरभ्यु प्रदान गर्दै उनीहरूको अकाउन्ट र हालका पोस्टहरू अडिट गर्न अनुमति दिन्छ।

‘अकाउन्ट चेक’ले गाइडलाइन्स उल्लङ्घनका कारण कमेन्ट गर्न वा डाइरेक्ट मेसेज पठाउने जस्ता सुविधाहरूमा हुने कुनै पनि प्रतिबन्धहरूलाई संकेत गर्दछ भने ‘फर यू’ फिडबाट हटाइएका वा प्रतिबन्धित सामाग्रीलाई हाइलाइट पनि गर्दछ।

यो सुविधाले अवस्थित ‘अकाउन्ट स्टेटस’ पेजलाई क्रियेटरले प्लेटफर्मका नियमहरू पालना गरेको विस्तृत दृश्य प्रदान गर्न समेत सघाउँछ।

यसका साथै टिकटकले टिकटक क्रियेटरका लागि ‘आचार संहिता’ पनि प्रस्तुत गर्दैछ जसले टिकटकका प्रोग्रामहरु, यसले दिने सुविधा, इभेन्ट र अभियानहरूमा भाग लिने क्रियेटरहरूका लागि मापदण्डहरू सेट गर्नेछ।

आगामी हप्ताहरूमा लागू हुने यस कोडले सबै सहभागीहरूका लागि एक सुसंगत र सकारात्मक अनुभव सुनिश्चित गर्दै प्लेटफर्मभित्र र बाहिर दुवै ठाउँमा क्रियेटरहरूको जिम्मेवारीहरूलाई स्पष्ट रूपरेखा दिन्छ।

टिकटक विश्वभरका आफ्ना एक अर्बभन्दा बढी प्रयोगकर्ताहरूको सुरक्षा र अनुभव बढाउन प्रतिबद्ध छ। यी अपडेटहरूले यस प्लेटफर्ममा फस्टाउन आवश्यक टुल र जानकारीको साथ आफ्नो क्रियेटर कम्युनिटीलाई समर्थन गर्ने टिकटकको समर्पणलाई जोड दिन्छ।

प्रकाशित: २०८१ जेठ १४ गते सोमबार ११:२८
प्रतिक्रिया

थप समाचार

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

एससीटीलाई सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी...

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

काठमाडौँ: मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी सम्पर्क गर्न सक्ने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीले यसका लागि युजरनेमको...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै

काठमाडौँः उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ कार)को विकासलाई तिब्रता दिएको छ । चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको...

एआईको तीव्र विकाससँगै ठूलो लगानी गर्दै दक्षिण कोरिया

सियोल, एएफपी। कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना