ललितपुर- ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार दिउँसो सवा १२ बजे ललितपुर महानगरपालिका सातदोबाटोमा बाटो काट्ने क्रममा ट्रकले महिलालाई ठक्कर दिएको थियो।
काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहाललाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको हो।
गम्भीर घाइते उनलाई पाटन अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको पौने १ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
