२०८३ असोज २२ गते बिहिबार

बालेनले भनेका बालश्रम शोषण गर्ने सांसद को हुन्?

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, जेठ १६
balen_vs_Child
बालश्रम शोषणको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्मा (बीचको इन्सेट)। पृष्ठभूमिमा बालिका उद्धार गर्दाका दृश्य।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गणतन्त्र दिवसका दिन एउटा संवेदनशील विषयमा स्टाटस लेखे। देशले गणतन्त्र दिवस मनाइरहेका बेला उनले वास्तविक गणतन्त्र आउन अझै बाँकी रहेको उल्लेख गरेका थिए।

उनले किन मुठ्ठीभरका मानिसलाई मात्र गणतन्त्र आएको भन्न उल्लेख गरे त? मेयर बालेनका अनुसार प्रधानमन्त्री निवास बालुवाटार नजिकै एक जना सांसदकै आश्रयमा रहेकी १४ वर्षीया बालिकामाथि लठ्ठी र पाइपले कुटपिट गरेको भन्ने उजुरी परेको थियो। देशका कानुन बनाउने जिम्मेवारीमा रहेका सांसदकै घरबाट बाल श्रमशोषणमा परेकी बालिकाको उद्धार गर्नुपरेपछि मेयर बालेनले मुठ्ठीभरका मानिसका लागि मात्र गणतन्त्र आएको उल्लेख गरेका हुन्।

‘बालुवाटार छेउबाट उद्धार भएकी बालिकामाथि लट्ठी र पाइपले कुटपिट हुने गरेको भनी उजुरी परेका आधारमा उद्धार गरेका हौँ,’ मेयर बालेनले लेखेका छन्, ‘अत्यन्तै नाजुक अवस्थामा सांसद जस्तो गरिमामय पदमा आसीन व्यक्तिको घरबाट समेत हामीले १४ वर्षकी बालिकालाई उद्धार गर्‍यौँ।’

त्यसो भए कुन सांसदले यसरी शारीरिक यातना दिई बालश्रम शोषण गरेको हो त? नेपाल क्लिक्सले गरेको सोधीखोजीमा ती बालिका एमाले सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार भएकी हुन्। उनी लुम्बिनी प्रदेशसभामा एमालेबाट समानुपातिक प्रणालीमा निर्वाचित भएकी सांसद हुन्।

शर्माले दाङबाट प्रतिनिधित्व गर्छिन्। दाङ काठमाडौँ ओहोरदोहोर गरिरहने शर्माले काठमाडौँको घरमा दाङबाट चौधरी थर भएकी बालिका ल्याएर राखेकी थिइन्। सुरुमा उनले पढाउन भनेर काठमाडौँ ल्याएकी थिइन्।

महानगरमा उजुरी प्राप्त भएपछि महानगरको उद्धार टोलीले वडामा खबर गरेको थियो। यसपछि काठमाडौँ महानगरको उद्धार टोलीका अनुसार वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जन र वडा सदस्य सरु अधिकारीको रोहबरमा ती बालिकाको उद्धार गरिएको थियो।

यद्यपि वडाध्यक्ष महर्जनले भने आफ्नो रोहबरमा उद्धार नभएको जिकिर गरे। उनले वडा सदस्य अधिकारीको रोहबरमा उद्धार भएको दाबी गरे। उनले कुटपिट भएको भन्ने कुरा पनि झुटो भएको दाबी गरे। ‘बालिका एक्लै रहेको अवस्थामा महानगरको टोलीले लिएर गएको हो,’ वडाध्यक्ष महर्जनले भने, ‘कुटपिटसुटपिट केही पनि भएको होइन। मेयरसापले के लेख्नुहुन्छ! थाहै हुन्न।’

महर्जन गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए। बालश्रम शोषणको आरोप लागेकी सांसद शर्मा पनि एमालेबाटै निर्वाचित हुन्।

उद्धारका क्रममा महानगर टोलीले खबर गरेपछि आफू गएको वडा सदस्य अधिकारीले बताइन्। ‘पढाउन भनेर राख्नुभएको नानी रहिछन्। दिदीदाजु दुवै जना उतै हुनुहुँदो रहेछ,’ सदस्य अधिकारीले भनिन्, ‘कुटपिट भएको भन्ने कुरा चै मलाई थाहा भएन। ती नानीलाई हामीले सोध्दा अहिले त कुट्नु हुन्न भन्थिन्।’

आफूहरूले छिमेकीसँग पनि सोधीखोजी गरेको उनले बताइन्। महानगरले नै जिम्मा लिएर गएकाले अबको प्रक्रिया कस्तो हुने भन्ने कुरा पनि महानगरले नै तय गर्ने उनको भनाइ छ।

बालेनले बालश्रम शोषण गरेकी भनिएकी एमाले सांसद शर्माले भने आफूले कहिल्यै पनि ती बालिकामाथि श्रमशोषण नगरेको बताएकी छन्। आफूले दाङबाटै आफन्तकी छोरीलाई पढाउनका लागि काठमाडौँ लगेर राखेको तथा श्रमशोषण तथा शरीरिक यातना नदिएको उनको दाबी छ।

‘मैले त्यो नानीलाई काठमाडौँ लगेर राखेको ४ वर्ष भइसक्यो। कुटपिट तथा श्रमशोषणको आरोप झुटो हो,’ उनले भनिन्, ‘मेयर साबले सामाजिक सञ्जालमा हाइहाइ बन्नका लागि ममाथि गलत आरोप लगाउनुभएको हो।’

आफ्नो संरक्षकत्वमा रहेकी बालिकालाई महानगरको टोलीले लिएर जाँदा पनि कुनै खबर नगरेको उनको भनाइ छ। ‘म माघदेखि काठमाडौँ गएकै छैन। कुटपिटको आरोप सरासर झुटो हो,’ उनको भनाइ छ। उता मेयर बालेनले भने उद्धार गरिएका सबै बालबालिकाको जिम्मेवारी महानगरले पूरा गरेको बताएका छन्।

२०८१ वैशाखदेखि हालसम्म ३१ जना बालबालिकाको उद्धार भएको उनको भनाइ छ। काठमाडौँ महानगरपालिकाकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरमा बालश्रम शोषणमा परेका बालबालिकालाई उद्धार गर्ने क्रम जारी रहेको मेयरको सचिवालयले उल्लेख गरेको छ।

उद्धार गरिएकी बालिकाका आफन्तलाई बोलाइएको र अब अभिभावकसँगको समन्वयमा शोषणको आरोप लागेकी सांसदविरुद्ध मुद्दा उजुरी तथा कारबाही प्रक्रिया अघि बढाइने मेयरको सचिवालयले जानकारी दिएको छ।

‘परिवार पत्ता नलागे बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने तयारी गरेर काम अघि बढाइएको हो,’ सचिवालयले भन्यो, ‘केही दिनमा थप बालबालिकाको उद्धार गरी पत्रकार सम्मेलन गरी विस्तृत कुराकानी सार्वजनिक गर्ने तयारी छ।’

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा १७ मा बालबालिकालाई श्रममा लगाउन नहुने उल्लेख छ। संरक्षकले दायित्व पूरा नगरेमा एक लाखसम्म जरिमाना हुने व्यवस्था सोही ऐनको दफा ७२ को उपदफा (२) मा उल्लेख छ। ‘संरक्षक वा पररवारको कुनै सदस्यले आफ्नो दायित्व पूरा नगरेमा वा आमा, बाबु वा संरक्षकले अनुचित लाभ लिने मनसायले बालबाललकाको पहिचान लुकाउने गरी नाम, थर परिवर्तन गरेमा वा बालबाललकाको सम्पत्तिको दुरुपयोग गरेमा त्यस्ता आमा,बाबु वा परिवारका सदस्य वा संरक्षकलाई एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ,’ उक्त उपदफामा उल्लेख छ।

यस्तै बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को दफा ६ मा बालबालिकालाई श्रममा लगाउनु परे श्रम कार्यालय वा बालकका अभिभावकको स्वीकृति लिनुपर्ने व्यवस्था छ। विपरीतको काम गरेमादुई महिनासम्म कैद वा ५ हजारसम्म जरिमाना वा दुवै सजाय हुने सोही ऐनको दफा १९ को उपदफा ३ मा उल्लेख छ।

प्रकाशित: २०८१ जेठ १६ गते बुधबार १०:२३
प्रतिक्रिया

थप समाचार

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने...

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

विद्युत नियमन आयोगको वार्षिक प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता,...

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना