काठमाडौँ- मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवक ट्राफिक बनाएर खटाउन सुरु गरिएको छ।
मापसे गरी सवारी चलाएको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो।
गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए।
उनले महिला ट्राफिकलाई महिनावारीका ४ दिन बिदा दिने घोषणा पनि गरेका थिए।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


