काठमाडौँ- गर्मी सुरू भएसँगै खरबुजाको बिक्री बढ्न थालेको छ। कालिमाटी र कुलेश्वरमा रहेका फलफूल पसलमा अहिले खरबुजा किन्नेको संख्या बढेको व्यापारीहरू बताउँछन्। खरबुजाको सिजन साउनसम्म हो। फलफूल बजारमा ट्रकका ट्रक खरबुजा आइरहेका छन्।
एक ट्रकमा २२ हजार किलो हुन्छ। कालीमाटी बजारमा तरकारीको थोक व्यापार गर्नेहरूले एक दिनमा नै २२ हजार किलो खरबुजा बिक्री हुने गरेको बताउँछन्। अफ सिजनमा एक ट्रक खरबुजा बेच्न दस दिनसम्म कुर्न पर्ने एक जना व्यापारी बताउँछन्।
अहिले बजारमा खरबुजा प्रतिकेजी ५० रूपैयाँमा बिक्री भइरहेको छ।











