काठमाडौँ- काठमाडौँमा ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ।
४८२ जना कलाकारका ५२२ वटा कलाकृति समावेश गरिएको प्रदर्शनीमा पहिलो पटक प्रादेशिक प्रदर्शनीलाई पनि स्थान दिइएको छ।
प्रदर्शनीमा सहभागी हुन २०८० माघ १२ गते सूचना जारी गरेको थियो।
प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न त्यस अन्तर्गत प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेको हो।
प्रदर्शनी आगामी जेठ ३० गतेसम्म सञ्चालन हुनेछ।





























