काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएकाले नेपालमा पनि मूल्य घटाइएको निगमले जनाएको छ।
निगमले यसपटकदेखि एक रुपैयाँका दरले ‘हरित कर’ समेत लागू गरेको छ। सरकारले बजेटमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लागू गरेको थियो।

