काठमाडौँ- भँगेरा वर्गमा पर्ने तोप चरालाई चराको ‘इन्जिनियर’ भनेर चिनिन्छ। कलात्मक गुँड बनाउने हुनाले यसलाई चराको इन्जिनियर भनिएको हो।
तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ। गुँड रुखबाट तलतिर झुन्डिएको हुन्छ। यी चरा समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँड एकै ठाउँमा हुन्छन्।
तोप चरा हिउँदमा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर चुच्चोको सहाराले कलात्मक गुँड बनाउछन्। झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक हुन्छ।
यो चराले रुखमा झुन्डिएको लामो गुँड बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ। पंक्षीविज्ञका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन्।
गुँड राम्रो बनाउने विषयमा तोप चराको भाले प्रजातिको प्रतिस्पर्धा नै हुन्छ। काठमाडौँको बल्खु क्षेत्रमा तोप चराले बनाएका गुँड:























