२०८३ कार्तिक १६ गते आईतबार

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
s f

काठमाडौँ- चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट भेगस्थित ऐतिहासिक ‘दैबुजल गुफा’को अन्वेषण गरिएको छ। चन्द्रागिरिको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको प्राविधिक सहयोग नेपालमा पहिलो पटक ‘इआरटी प्रविधि’को प्रयोग गरी पुरिएको सो पुरातात्विक गुफाको अन्वेषण सम्पन्न गरेको हो।

इआरटी प्रविधि अर्थात् ‘इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी ’को प्रयोग गरी पुरिएको गुफा क्षेत्रमा अन्वेषण गरिएको हो। इआरटी विद्युतीय प्रवाहका आधारमा जमिनमुनिको वस्तुस्थिति पत्ता लगाउने प्रविधि हो। यस परियोजनामा करिब २०० मिटर लम्बाइ र करिब ४० मिटर गहिराइसम्म पुग्ने गरी दुई स्थानमा करेन्ट प्रवाह गरी खोजी गरिएको अन्वेषणमा संलग्न जियोलोजिस्ट खगेन्द्र दाहालले जानकारी दिए।

चन्द्रागिरि– ४ स्थित थानकोट भेगमा पर्ने दैबुजल क्षेत्रमा विगत तीन दशकदेखि पुरिएको भनिएको गुफाको यकिन स्थान पहिचान हुन नसक्दा प्राग् ऐतिहासिक महत्व रहेको हुनसक्ने गुफा ओझेलमा पर्दै आएको जनाइएको छ। नगरपालिकाले सो गुफाको अन्वेषण तथा खोजीमा सहयोग गरिदिन त्रिविविमा पत्राचार गरेपछि संस्कृति विभागले तत्कालीन विभागीय प्रमुख प्रा डा सोमप्रसाद खतिवडाको नेतृत्वमा सात सदस्यीय विज्ञ समिति गठन गरेको थियो। सोही टोलीले जेठ २ गते प्रस्तावित गुफा क्षेत्रमा इआरटीप्रविधिको प्रयोग गरी अन्वेषण गरेको थियो।

पहिलो चरणमा विज्ञ टोलीले स्थानीवासीसंगको अन्तवार्ता सहित इआरटी प्रविधिले देखाएका नतिजा (भूभौतिकि) प्रतिवेदन आइतबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता एवं चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीलाई हस्तान्तरण गरेको थियो। संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्यालको नेतृत्वमा खटिएको प्राविधिक टोलीले जेठ ६ गते विश्वविद्यालयसमक्ष इआरटीको प्राविधिक प्रतिवेदन पेस गरेको थियो।

सो अवसरमा नगरप्रमुख गिरीले गुफाको अध्ययन सम्पन्न भएपछि यसको संरक्षण गर्दै सो क्षेत्रमा ऐतिहासिक एवं पर्यटकीय गन्तव्यको क्षेत्र बनाउने योजना नगरपालिकाको रहेको जानकारी दिए। उनले भने, ‘नगरपालिकाले नगरभित्रका ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक वस्तुको संरक्षण एवं खोजी कार्यका लागि उच्च प्राथमिकता दिँदै आएको छ। यस्ता अन्वेषण र खोजीबाट निस्केका नतिजाले हामीलाई नीति बनाउन सहयोग पुग्छ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले विज्ञ टोलीद्वारा प्राप्त सुझावका आधारमा पुरातत्व विभागसंग समन्वय गरी ‘दैबुजल गुफा’को थप अन्वेषण कार्य अगाडि बढ्ने जानकारी दिए। उनले भने, ‘प्रतिवेदनका आधारमा नगरपालिकाले अगामी दिनमा आफ्नो नीति बनाउँछ। कला, सस्कृति तथा पुरातात्विक वस्तुको संरक्षण एवं खोजीमा त्रिविविसंग सहकार्य निरन्तर जारी रहन्छ।’

अध्यक्ष अर्यालका अनुसार प्रस्तावित गुफा अन्वेषणको क्रममा जमिन सतहको पाँच मिटर गहिराइमा करिब १२ मिटर लम्बाइमा फैलिएको भागमा उच्च प्रतिरोधात्मकता भेटिएको छ। उनले भने, ‘इआरटी प्रविधिको नतिजालाई सुक्ष्म अध्ययन गर्दा गुफा रहेको सङ्केत गरेको छ।’ तर सो क्षेत्रको उत्खननलगायत जमिनमुनिको संरचनाको प्रत्यक्ष खोजी गर्नका लागि पुरातत्व विभागसँग स्वीकृति लिएर मात्रै थप अनुसन्धान आवश्यक पर्ने उनको सुझाव छ।

अध्ययनबाट प्राप्त नतिजाका बारेमा प्रस्तुतीकरण दिँदै युवा अन्वेषक अर्यालले यो परियोजनाले नेपालीहरु आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर पुरातात्विक अन्वेषण गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको बताए। उनले वैज्ञानिक विधिबाट गरिने पुरातात्विक अन्वेषणमा विदेशी विशेषज्ञको निर्भरता अन्त्य गर्नुपर्नेमा जोड दिए।

नेपाली जनशक्ति र स्रोतबाटै गुफा अन्वेषणमा यसरी भूभौतिकी सर्वेक्षण गरिएको सम्भवतः पहिलो पटक भएको उनको दावी छ। त्यस्तै, यस परियोजनाका संयोजक प्रा डा सोमप्रसाद खतिवडाले चन्द्रागिरि क्षेत्र ऐतिहासिक समयदेखिकै मानव बसोबासको क्षेत्र हुने पर्याप्त सम्भावना देखिएकाले यस क्षेत्रको प्राग् ऐतिहासिक अध्ययन हुनु जरुरी भएको बताए। त्यस्तो अध्ययनका लागि त्रिविविको संस्कृति विभाग सक्षम रहेको जनाउँदै चन्द्रागिरि र त्रिविविको सहकार्यमा यस्ता अध्ययन अन्वेषणको काम गर्नु उचित हुने उहाले सुझाव दिए।

कार्यक्रममा त्रिवि संस्कृति विभागका विभागीय प्रमुख महेशकुमार आचार्यले पौराणिक वाणासुर गुफा र सुन्दर एवं भव्य सुप्रभा नगरिको चर्चा रहेको यो क्षेत्रमा गुफालगायत अन्य विविध सांस्कृतिक एवं पुरातात्विक खोजी आवश्यक रहेको बताए। यस्तो अध्ययनका लागि विश्वविद्यालय नै उचित संस्था भएको जनाउँदै चन्द्रागिरि र त्रिविवि मिलेर यस्ता स्थलको अध्ययन अन्वेषण गर्नुपर्ने बताए।

प्रकाशित: २०८१ जेठ २१ गते सोमबार ०८:१९
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना