काठमाडौँ– एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल भइरहेको त्रिवि क्रिकेट रंगशालामा पानी जमेको छ।
बिहान हल्का वर्षापछि अवरुद्ध भएको खेल ४२ ओभरमा झारेर छिटो सक्ने लक्ष्य राखिएपनि पुनः वर्षा भई मैदानमा पानी जमेपछि खेल रद्द हुने सम्भावना छ।
मैदानमा पाल ओढाइएपनि वरिपरि पानी जमेका कारण पुनः खेल सञ्चालन गर्न समस्या छ।
४२ ओभरमा झारिएको खेलमा नेपालले २८२ रनको लक्ष्य कुवेतालाई दिएको छ। कुवेतले ८.३ ओभर खेलेर ३७ रन जोड्दा ६ विकेट गुमाएको अवस्था छ।
कुवेत र विरुद्ध कसिलो र घातक बलिङ गरिरहेको नेपालले पावर प्ले नसकिँदै ६ विकेट गिराएको हो। पेस बलर करण केसीले मात्र ५ विकेट गिराएका हुन्।
नेपाली टोलीका सोमपाल कामीले एक विकेट लिएपछि कुवेतले जम्मा ६ विकेट गुमाएको हो। नेपालविरुद्ध कुवतेका ओपनर सस्तैमा समेटिएका हुन्।








